उर्लेको मान्के खोलामा जीप फसेपछि …
भवानी अधिकारी/स्याङ्जा : गल्याङ् नगरपालिका ७ कल्लेरीबाट गल्याङ् बजारमा सामान लिन आएको महेन्द्र जीप मान्के खोलामा फसेपछि डोजर लगाएर झिकिएको छ। साविक पेलाकोट गाविसबाट आएको ग १ ज ६८६२ नम्बरको जीप सोमबार उर्लैको मान्के खोलाले तर्न दिएन् ।उर्लेको खोलाले जीप केही तलसम्म बगायो। चालक भने बाहिर निस्कन सफल भए ।अनि हारगुहार गरेपछि प्रहरीसहित स्थानीयको सहयोगले जीप खोलाबाट ल्याउन सफल भएको प्रहरीले जनाएको छ।
ग्रामिण सडक कच्ची भएकाले दिनहुँ दर्जनभन्दा बढी जीप यसरी नै यही बाटो भएर ओहोर दोहोर गर्छन् । हिउँदको समयमा खोला सानो हुँदा ओहोर दोहोर गर्न सजिलो हुन्छ । तर, वर्षातको समयमा जोखिम मोलेर सवारी चलाउन वाध्य छन् यहाँका मानिस ।
पिडिंखोला, कल्लेरी, निवुवाखर्क, गुवादी, अधिकारी डाँडा, राम्चेलगायतका गाउँमा पुग्न छोटो बाटो हुने भएकाले यही बाटो भएर जीप गुड्ने गरेको स्थानीयबासी टिकाराम अधिकारीले जानकारी दिए। 

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


