उर्लेको मान्के खोलामा जीप फसेपछि …

भवानी अधिकारी/स्याङ्जा : गल्याङ् नगरपालिका ७ कल्लेरीबाट गल्याङ् बजारमा सामान लिन आएको महेन्द्र जीप मान्के खोलामा फसेपछि डोजर लगाएर झिकिएको छ। साविक पेलाकोट गाविसबाट आएको ग १ ज ६८६२ नम्बरको जीप सोमबार उर्लैको मान्के खोलाले तर्न दिएन् ।उर्लेको खोलाले जीप केही तलसम्म बगायो। चालक भने बाहिर निस्कन सफल भए ।अनि हारगुहार गरेपछि प्रहरीसहित स्थानीयको सहयोगले जीप खोलाबाट ल्याउन सफल भएको प्रहरीले जनाएको छ।
ग्रामिण सडक कच्ची भएकाले दिनहुँ दर्जनभन्दा बढी जीप यसरी नै यही बाटो भएर ओहोर दोहोर गर्छन् । हिउँदको समयमा खोला सानो हुँदा ओहोर दोहोर गर्न सजिलो हुन्छ । तर, वर्षातको समयमा जोखिम मोलेर सवारी चलाउन वाध्य छन् यहाँका मानिस ।
पिडिंखोला, कल्लेरी, निवुवाखर्क, गुवादी, अधिकारी डाँडा, राम्चेलगायतका गाउँमा पुग्न छोटो बाटो हुने भएकाले यही बाटो भएर जीप गुड्ने गरेको स्थानीयबासी टिकाराम अधिकारीले जानकारी दिए।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…