स्याङ्जाका दुई छुट्टा-छुट्टै ठाँउबाट तास खेलिरहेका १८ जना पक्राउ
आँधीखोला खबर :
स्याङ्जाका दुई छुट्टा छुट्टै ठाँउबाट तास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर १ नागस्थान स्थित अगन्धर अधिकारीले सञ्चालन गरको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउन गरेको छ । खाजाघर सञ्चालक अधिकारी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको साथबाट आठ हजार पाँच सय तीस रुपैया नगद बरामद गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्वर १ कै नारायणस्थान स्थित राजन श्रेष्ठले भाडामा लिई संचालन गरेको शशी खाजाघरमा जुवातास खेलिरहेका ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५९ हजार आठ सय ३५ रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्याय स्याङजाका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई “सार्बजनिक हित, स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा कसुर” सम्वन्धी मुद्धा दर्ता गरिएको प्रवक्ता अधिकारीले बताउनु भयो । सबैलाई सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


