स्याङ्जाका दुई छुट्टा-छुट्टै ठाँउबाट तास खेलिरहेका १८ जना पक्राउ

tas_file_pic

आँधीखोला खबर :
स्याङ्जाका दुई छुट्टा छुट्टै ठाँउबाट तास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर १ नागस्थान स्थित अगन्धर अधिकारीले सञ्चालन गरको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउन गरेको छ । खाजाघर सञ्चालक अधिकारी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको साथबाट आठ हजार पाँच सय तीस रुपैया नगद बरामद गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्वर १ कै नारायणस्थान स्थित राजन श्रेष्ठले भाडामा लिई संचालन गरेको शशी खाजाघरमा जुवातास खेलिरहेका ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५९ हजार आठ सय ३५ रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्याय स्याङजाका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई “सार्बजनिक हित, स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा कसुर” सम्वन्धी मुद्धा दर्ता गरिएको प्रवक्ता अधिकारीले बताउनु भयो । सबैलाई सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

Facebook Comments Box
TOP