पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता श्रेष्ठद्धारा भीरकोटलाई स्वास्थ्य सामाग्री सहयोग
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व उपप्रधानमन्त्री एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले भीरकोट नगरपालिकालाई सेनीटाइजर, मास्क र सर्जिकल ग्लोब्स् उपलब्ध गराउनु भएको छ ।
नेता श्रेष्ठ मार्फत उपलब्ध गराइएको नोपली कांग्रेसका महाधिवेशन प्रतिनिधि द्धय गोविन्द कुमार कर्माचार्य, नसिवदिन मिँया र काँग्रेस भीरकोट नगर सभापति तोयनाथ अर्याल मार्फत नगर प्रमुख छायाराम खनाललाई संयुक्त रुपमा उपल्व्ध गराउनु भएको हो । उहाले २ कार्टुन सर्जिकल माक्स र २ कार्टुन सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो ।
.

सामाग्री ग्रहण गर्दे नगर प्रमुख खनालले बढ्दो पालिकालाई उपलब्ध सामाग्रीको सही सदुपयोग गर्ने जनाउदै सहयोगीदाता पूर्व उपप्रधानमन्त्री एवं नेता श्रेष्ठप्रति धन्यवाद एवं आभार प्रकट गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमण एवं कोविड १९ का संक्रमित वढ्न थालेपछि नेपाली कांग्रेसका नेता श्रेष्ठ स्याङजाका ११ वटै पालिकामा मास्क, सेनीटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताउनुभएको छ । यसअघि उहाले झण्डै ८/९ पालिकामा स्वास्थ्य सामाग्री पठाइसक्नु भएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


