भीरकोट सेवा समाज काठमाण्डौंले गर्यो नगरपालिकालाई १ लाख ७० हजार भन्दा बढि सहयोग ।
चुत्र महत/भीरकोट :
कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी सहयोग आउनेक्रम जारी छ ।
कोभिड १९ को रोकथाम र व्यवस्थापनको लागि भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा भीरकोट सेवा समाज काठमाण्डौंले नगद सहयोग गरेको छ ।
समाजका अध्यक्ष गुप्त वहादुर श्रेष्ठले १ लाख ७० हजार ५ सय २० रुपैया लोक दोहोरी प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका विच नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नु भएको हो । रकम हस्तान्तरण कार्यक्रममा सस्थाका पदाधिकारीहरुको समेत सहभागिता रहेको रहेको रकम संकलन संयोजक देवी प्रसाद अर्यालले बताउनु भयो ।
भरिकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै प्रमुख खनालले कोभिड १९ वाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने बताउनु भयो । उहाँले सहयोगीहरुलाई धन्यवाद समेत दिनभयो ।
नगरपालिकाले ४ वटा निजि विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ भने प्रदेश सरकारको सहयोगमा कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरेको छ ।
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हाल सम्म खाद्यान्न र नगद गरी ३७ लाख १६ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
कोरोना रोकाथाम/नियन्त्रणको लागि के हुँदैछ स्याङ्जामा-प्रजिअ गङ्गा बहादुर क्षेत्री
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


