हिमगिरी हाइजिनद्धारा स्याङजालाई एक लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान
भवानी अधिकारी/स्याङजा :
कोरोना संक्रमणबाट आफु पनि जोगिन र अरुलाई पनि जोगाउने उदेश्यले हिमगिरी हाइजिन प्राइभेट लिमिटेड बिराटनगरले स्याङ्जाका अधिकृत बिक्रेता एंब शिबानी सप्लाएर्सका प्रोपाइटर नबराज सुवेदी मार्फत मास्क र सेनीटाईजर उपलब्ध गराएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई हिमगिरी हाइजिनद्धारा उपलब्ध गराइएको १ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री ब्यवसायी सुवेदीले हस्तान्तरण गर्नुभएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी धुव गिरी, पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल रेडक्रस सोसाइटीका मन्त्री दिनेश अर्याल, पत्रकार रोशन लामिछाने, पुतलीबजार वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, नायब सुब्बा दिनेश शर्मा लगायतको रोहवरमा ती सामाग्री हस्तान्तरण गरिएको थियो ।
/

कोरोना भाइरस संक्रमण महामारीका रुपमा फैलिएका बेला नेपाल पनि अछुतो रहन नसकेको जनाउदै हिमगिरीले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भन्दै ती सामाग्री उपलब्ध गराएको जनाएको छ ।
मानवीय स्वास्थ्य जस्तो अन्य केही नभएको जनाउदै हिमगिरीका प्रोपाइटर महेश जाजुसंग समन्वयगरी ब्यवसायी नवराज सुवेदीले मास्क र सेनीटाइजर उपलब्ध गराउनु भएको हो ।
ती सामाग्री ग्रहण गर्दे प्रजिअ क्षेत्रीले आफुलाई प्राप्त स्वास्थ्य सामाग्री लक्षित बर्गमा पु¥याईने बताउदै सहयोगीदातालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


