वालिङका बृद्धाहरुद्वारा भत्ता बुझेकाे पैसा बचाएर क्वारेन्टीनमा बसेकालाई राहात प्रदान

आँधीखोला खबर/वालिङ :
स्याङजाको वालिङ नगरपालिका वडा नं १० का दुई बृद्धाहरुले बृद्धभत्ता बुझेको पैसाले राहत उपलव्ध गराएकाछन् । स्थानीय ८६ बर्ष की उमाकुमारी भट्टराई र ७८ बर्षकी जमुना अधिकारीले बृद्धभत्ताको रकम बचाएर क्वारेन्टीनमा बसेकालाई राहतका सामाग्री उपलब्ध गराएका हुन् ।
उनीहरुले वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रे तथा वडा नम्वर ९ का सदस्य पिताम्वर भुषाल मार्फत पूर्णामृत भवानी वालिङको क्वारेन्टीनमा बसेकाहरुलाई सहयोग गरेका हुन् ।
उनीहरुले चामल, चिउरा,चाउचाउ,बेसार,नुन,आलु र खाना खाने टपरी लगायतका सामाग्री प्रदान गरेका हुन् । पूर्णामृत भवानीको क्वारेन्टीनमा भारतबाट आएका ३८ जना बस्दै आएकाछन् ।
८६ बर्षीय बृद्धा भटुटराईले वडा अध्यक्ष गैह्रेलाई सामाग्री हस्तान्तरण गरे पछि भन्नुभयो, “यस्तै सहयोग गर्न पाए मरे पछि स्वगर्गमा पुगिएला नि ।” अर्की बृद्धा अधिकारीले पनि खुसी हुदै भन्नुभयो, “यस्तो रोग आएको बेलामा सबैले सक्दो सहयोग गर्नु पर्छ ।”
भिडियो : वालिङमा संक्रमित किन बढिरहेका छन् त हेर्नुेहास नगरप्रमुख खाँणको भनाई
.

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…