वालिङका बृद्धाहरुद्वारा भत्ता बुझेकाे पैसा बचाएर क्वारेन्टीनमा बसेकालाई राहात प्रदान
आँधीखोला खबर/वालिङ :
स्याङजाको वालिङ नगरपालिका वडा नं १० का दुई बृद्धाहरुले बृद्धभत्ता बुझेको पैसाले राहत उपलव्ध गराएकाछन् । स्थानीय ८६ बर्ष की उमाकुमारी भट्टराई र ७८ बर्षकी जमुना अधिकारीले बृद्धभत्ताको रकम बचाएर क्वारेन्टीनमा बसेकालाई राहतका सामाग्री उपलब्ध गराएका हुन् ।
उनीहरुले वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रे तथा वडा नम्वर ९ का सदस्य पिताम्वर भुषाल मार्फत पूर्णामृत भवानी वालिङको क्वारेन्टीनमा बसेकाहरुलाई सहयोग गरेका हुन् ।
उनीहरुले चामल, चिउरा,चाउचाउ,बेसार,नुन,आलु र खाना खाने टपरी लगायतका सामाग्री प्रदान गरेका हुन् । पूर्णामृत भवानीको क्वारेन्टीनमा भारतबाट आएका ३८ जना बस्दै आएकाछन् ।
८६ बर्षीय बृद्धा भटुटराईले वडा अध्यक्ष गैह्रेलाई सामाग्री हस्तान्तरण गरे पछि भन्नुभयो, “यस्तै सहयोग गर्न पाए मरे पछि स्वगर्गमा पुगिएला नि ।” अर्की बृद्धा अधिकारीले पनि खुसी हुदै भन्नुभयो, “यस्तो रोग आएको बेलामा सबैले सक्दो सहयोग गर्नु पर्छ ।”
भिडियो : वालिङमा संक्रमित किन बढिरहेका छन् त हेर्नुेहास नगरप्रमुख खाँणको भनाई
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


