स्याङ्जा कारागारका कैदीबन्दीलाइ स्वास्थ्य सामाग्री प्रदान
प्रकाश डोटेल/स्याङ्जा :
नेपाली काँग्रेसका नेता संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले जिल्ला कारागार स्याङ्जामा रहेका कैदीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ मार्फत उनले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
जिल्लाका ११ स्थानीय तह र जिल्लास्थित विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रदान गर्दै जाने बताएका छन् । आवश्यकता र अनिवार्यताको आधारमा स्वास्थ्य सामाग्रही प्रदान गरेको श्रेष्ठले बताए ।
जिल्ला कारागारलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री बुझ्दै कारागार कार्यालय प्रमुख चुडामणी भण्डारीले कारागारमा रहेका कैदीहरुलाई विभिन्न निकायले स्वास्थ्य सामाग्री प्रदान गरेपनि अपुग भएको बताए । उनका अनुसार कारागारमा १ सय ३७ पुरुष र १३ महिलालाई स्वास्थ्य सामाग्री पु¥याउनै कठिन भएको छ ।
स्वास्थ्य सामाग्रही प्रदान गर्दै जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष श्रेष्ठले राज्य कमजोर र नागरिक आक्रान्त बनेको बेला नगद, जिन्सी र स्वास्थ्य सामाग्री प्रदान गर्नु नागरिक समाजका अगुवाहरुको दायित्व समेत रहेको बताए ।
यसैबीच स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिक १ सहिदचोकमा शुभ संगीता मेडिकल संचालक बिनोद अर्यालले जिल्ला कारागारमा रहेका कैदीलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
श्रेष्ठ र अर्यालले कैदीबन्दीहरुलाई लक्षित गरि सेनिटाईजर, सर्जिकल माक्स प्रदान गरेका हुन् । जिल्ला कारागारमा जिल्लाका विभिन्न सामाजिक व्यक्तित्वहरुले सहयोग प्रदान गर्दै आएका छन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


