स्थानीय तहले पिसिआर मेसिन खरिद गर्न खोज्दा राज्यले दलाल प्रयोग गर्नु दुखद : सांसद मल्ल

आँधीखोला खबर :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले स्याङ्जाका स्थानीयतहले कोरोना परिक्षणका लागि पिसिआर मेसिन खरिद गर्न खोज्दा राज्यले दलाल प्रयोग गरी रोक्ने प्रयास गरेको आरोप लगाउनु भएको छ । प्रदेश सभामा बोल्दै सांसद मल्लले भन्नुभयो वालिङ नगरपालिकाको अगुवाईमा पिसिआर मेसिन खरिद गर्न खोजिएको थियो तर राज्यले नै भ्रम छर्ने काम गर्यो ।
सांसद मल्लले ३०—३५ लाख पर्ने पिसिआर मेसिनलाई करोड भन्दा धेरै मुल्य पर्ने भन्दै सरकारले नै दलालहरुलाई प्रश्रय दिईरहेको आरोप लगाउनु भयो । उहाँले त्यस्ता क्रियाकलापमा लागेका कर्मचारीका साथै दलाललाई खोजीगरी कारवाही गर्न माग गर्नुभयो ।
स्थानीयतहलाई पिसिआर मेसिन खरिद र व्यवस्थित ल्याव खोल्न दिनु पर्ने उहाँको जोड थियो ।
यस्तै सांसद मल्लले चापाकोट नगरपालिकाको रत्नपुर ईलाका प्रहरी कार्यालय स्थानान्तरणमा राजनिती भएको आरोप लगाउनु भएको छ । सभामा बोल्दै सांसद थापाले, नगरनगरपालिकाको भुगोल मिलेको क्वामीबाट सुन्तलीटार पुग्न ५ मिनेट पनि लाग्दैन । तर कार्यालय सार्ने भनेर कस्तो राजनीतिको शरुवात गरिएको हो भन्दै प्रश्न सोध्नुभयो ।
स्याङजाका १४ सहित २४ घण्टामा थपिए २१३ संक्रमित
उहाँले भन्नुभयो , “विकास गरेर सम्बृद्धी ल्याउने हो की कार्यालय सार्ने राजनीति गरेर सम्बद्धि आउने हो ? बझन सकिएन ।”
सभामा बोल्दै सांसद मल्लले जिल्लामा रहेका प्रजिअहरुलाई प्रदेश मातहतमा ल्याई परिचालन गर्न माग गर्नुभयो ।
कोभिड १९ का बारेमा प्रदेशका सभामुख र उपसभामुखले केही समय पहिले गरेको भिडियो कन्फरेन्समा सिडिओबाट प्रदेश कै अपमान भएको उहाँले बताउनु भयो । सांसद मल्ले भन्नुभयो, उक्त भिडियो कन्फरेन्समा स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले प्रदेशका मुख्यमन्त्री बाहेकले राखेको कनै पनि कार्यक्रममा मेरो सहभागिता हदैन भनेर भन्नुले प्रदेश कै अपमान् भएको छ ।
उहाँले प्रदेश सरकारले नै प्रमुख जिल्ला अधिकारीलाई परिचालन गर्दा उपयुक्त देखिने स्पष्ट पार्नु भयो ।
भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…