कोरोना नियन्त्रणमा गण्डकी अगाडि छ : सांसद रेग्मी
पाेखरा :
गण्डकी प्रदेशका सांसद एबं बिधायन समितिका सभापति मोहन रेग्मीले प्रदेशसभामा बोल्दै :
कोरोना नियन्त्रण र व्यवस्थापनका लागि प्रदेश सरकारले ल्याएको बजेट अनुकरणीय छ । औषधी उपकरण र आइसोलेसनका लागि ६० करोड, उद्योग व्यवसाय जोगाउन १ अर्ब, श्रमिकका लागि ५९ करोड छुट्याइएको छ । यसले प्रदेश सरकार जनताप्रति उत्तरदायी छ भन्ने यसले प्रस्ट्याएको छ । अरु प्रदेशभन्दा गण्डकी अगाडि रहेको पनि प्रमाणित भएको छ ।
प्रदेशका सांसदलाई जनता र स्थानीय तहलाई जोड्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक पक्ष हो । कार्यविधि राम्रो बनाएर प्रभावकारी काम गरिनुपर्छ । नयाँ संरचनाहरु खडा गरेर प्रदेशका क्रियाकलापलाई चलायमान बनाउन पनि बजेटले प्रस्ट बोलेको छ । कृषिमा आत्मनिर्भर बनाउने गरी रोजगार र स्वरोजगार सिर्जना निर्माण गर्ने बजेट आएकाले प्रतिफल प्राप्त हुने आशा छ । युवा र खेलकुदका क्षेत्रमा पनि बजेट उदार देखिएको छ ।
सरकारले झुट मात्रै बोलिरहेको छ : उपनेता श्रेष्ठ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


