सरकारले झुट मात्रै बोलिरहेको छ : उपनेता श्रेष्ठ ।
पाेखरा :
नेपाली कांग्रेस गण्डकी प्रदेशका उपनेता एबं सांसद मेखलाल श्रेष्ठले प्रदेश सभामा सम्बोधन गर्दै उठाउनु भएका बिषयहरु :
कोरोनाका लागि करिब ३ अर्ब रुपैयाँ बजेट छुट्याएको भनिए पनि कोरोनालाई दिने भनेको जम्मा ६० करोडको हाराहारीमा मात्र देखेको छु मैले यो बजेटमा । यसले प्रदेशका २ प्रतिशत नागरिकको पिसिआर गर्न पनि पुग्दैन । यो वर्ष प्रदेशका सांसदलाई विवादमा पारेको सताएको ७० करोड रुपैयाँलाई पनि कोरोनासँगै जोडिएको छ । थला परेका व्यवसायीलाई उठाउने भनेर खडा गरिएको कोषमा राखिएको १ अर्ब रुपैयाँलाई पनि कोभिड १९ मै जोडेर गोलमटोल पारिएको छ ।
गलत सूचना प्रवाह गरेर सूचनाको अधिकारमाथि नै खेलवाड गरिएको छ ।
प्रदेशभर बनाउने भनेका झोलुंगे पुलहरु कहाँ बने । मेरै क्षेत्रको हेलुमा समेत अहिलेसम्म पुलको सर्भे भएको छैन । अन्त काम भएको छ भनेर कसरी पत्याउने ? २÷४ वटा पुल र खानेपानीका योजनालाई निरन्तरता दिँदैमा समाजवाद हुँदैन ।
१ घर १ धाराको नारा लगाइएको छ । कतैकतै वाहेक पानीको काम भएको छैन । सरकारले झुट कुरा गरेको छ ।
जो किसान, मजदुर पीडित छन्, राज्यबाट कुनै सुविधा नपाएका छन्, उनीहरुलाई उकास्ने काम गर्नुपर्छ । समाजवाद भनेको माथि गएकालाई काट्ने होइन तल परेकालाई उठाउने हो । किसानलाई पनि भुलाउने कार्यक्रम मात्रै ल्याइएको छ । मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रमले कति किसानलाई समेट्न सक्छ, यो बारेमा सरकारले हिसाव गरेको छ ?
विदेशबाट युवाहरु रोजगारी गुमाएर फर्केका छन् । यहीका युवा पनि बेरोगजार छन् । तर रोजगारी सिर्जना गर्ने भनेर जम्मा १८ करोड ४२ लाख छुट्याइएको छ । यसले कति जनशक्तिलाई तालिम दिन सकिएला ? प्रधानमन्त्री रोजगार कार्यक्रमजस्तो कार्यकर्ता पोस्ने गरी ल्याइएको छ होइन यो बजेट ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


