सरकारले झुट मात्रै बोलिरहेको छ : उपनेता श्रेष्ठ ।
पाेखरा :
नेपाली कांग्रेस गण्डकी प्रदेशका उपनेता एबं सांसद मेखलाल श्रेष्ठले प्रदेश सभामा सम्बोधन गर्दै उठाउनु भएका बिषयहरु :
कोरोनाका लागि करिब ३ अर्ब रुपैयाँ बजेट छुट्याएको भनिए पनि कोरोनालाई दिने भनेको जम्मा ६० करोडको हाराहारीमा मात्र देखेको छु मैले यो बजेटमा । यसले प्रदेशका २ प्रतिशत नागरिकको पिसिआर गर्न पनि पुग्दैन । यो वर्ष प्रदेशका सांसदलाई विवादमा पारेको सताएको ७० करोड रुपैयाँलाई पनि कोरोनासँगै जोडिएको छ । थला परेका व्यवसायीलाई उठाउने भनेर खडा गरिएको कोषमा राखिएको १ अर्ब रुपैयाँलाई पनि कोभिड १९ मै जोडेर गोलमटोल पारिएको छ ।
गलत सूचना प्रवाह गरेर सूचनाको अधिकारमाथि नै खेलवाड गरिएको छ ।
प्रदेशभर बनाउने भनेका झोलुंगे पुलहरु कहाँ बने । मेरै क्षेत्रको हेलुमा समेत अहिलेसम्म पुलको सर्भे भएको छैन । अन्त काम भएको छ भनेर कसरी पत्याउने ? २÷४ वटा पुल र खानेपानीका योजनालाई निरन्तरता दिँदैमा समाजवाद हुँदैन ।
१ घर १ धाराको नारा लगाइएको छ । कतैकतै वाहेक पानीको काम भएको छैन । सरकारले झुट कुरा गरेको छ ।
जो किसान, मजदुर पीडित छन्, राज्यबाट कुनै सुविधा नपाएका छन्, उनीहरुलाई उकास्ने काम गर्नुपर्छ । समाजवाद भनेको माथि गएकालाई काट्ने होइन तल परेकालाई उठाउने हो । किसानलाई पनि भुलाउने कार्यक्रम मात्रै ल्याइएको छ । मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रमले कति किसानलाई समेट्न सक्छ, यो बारेमा सरकारले हिसाव गरेको छ ?
विदेशबाट युवाहरु रोजगारी गुमाएर फर्केका छन् । यहीका युवा पनि बेरोगजार छन् । तर रोजगारी सिर्जना गर्ने भनेर जम्मा १८ करोड ४२ लाख छुट्याइएको छ । यसले कति जनशक्तिलाई तालिम दिन सकिएला ? प्रधानमन्त्री रोजगार कार्यक्रमजस्तो कार्यकर्ता पोस्ने गरी ल्याइएको छ होइन यो बजेट ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


