गल्याङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न,कस्तो आयो नागरिकको गुनाशो ?

नारायण बिश्वकर्मा/गल्याङ :
स्याङजाको गल्याङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गल्याङ नगरपालिकाबाट प्रवाह भईरहेको सेवा, सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७६/०७७ दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गल्याङ –२ स्थित मगरभवन लेमभित्तामा आज सम्पन्न भएको हो ।
कार्यक्रममा नागरिकहरुले आ –आफ्ना गुनासाहरु राखेका थिए । कार्यक्रममा सीमानाका रामनदी धाम राम्दीमा प्रहरी पोष्ट स्थापना गर्नुपर्ने, गल्याङ बजारमा खानेपानीको समस्या, गल्याङ बजारको फोहोर व्यवस्थापन, राम्दीमा दाहसंस्कार स्थान व्यवस्थित गर्नुपर्ने, कोराना भाइरसका कारण प्रभावित भएकाहरुलाई राहत वितरणमा अनियमितता, ग्रामीण क्षेत्रमा मापदण्ड अनुसार सडक निर्माण, लकडाउनको समयमा नगर शिक्षा समितीको संक्रियता, आँधिखोला उच्च बाँध, शीला शालिग्रामको संरक्षण, पहुँचका आधारमा अनुदान दिने जस्ता नागरिकहरुले गुनासा राखेका छन ।
जनताको गुनासोलाई सम्वोधन गर्र्दै नगरप्रमुख भुपराज अधिकारीले नागरिकका सम्पुर्ण समस्याहरु सम्बोधन हुने बताउनुभयो ।
।

उहाँले एक अर्कोको खिचातानी गर्नुको साटो सवैले हालेमालो गर्दे अगाडी बढ्नुपर्ने समय आएको बताउनुभयो ।
नगरपालिकाले आगामी वर्षमा रोजगारका कार्यक्रमहरु ल्याएको समेत बताउनुभयो । कार्यक्रममा नगरपालिकाका पमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले नगरबाट भईरहेका काम, नगरभित्रका क्वारेनिटनको अवस्था, क्वारेन्टिनमा हालसम्म भएको खर्च, राहत वितरणको अवस्था, स्वास्थ्य सामाग्री खर्चको विवरण, स्वाब परिक्षणलाई निरन्तरता लगायत विविध विषय प्रष्ट पार्नुृभएको थियो ।
यसैबीच कार्यक्रममा स्याङजाको उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष महेन्द्र श्रेष्ठले तीन जना व्यवसायीलाई डेढ महिनाको ७९ हजार ५ सय घर भाडा छुट दिनुभएको जानकारी गराउनुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२.२ मेगाहर्जको सहजिकरण भएको हो ।
नगर प्रमुख भुपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वडा नम्बर १० का अधयक्ष धुर्व शर्मा पंगेनीले कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मोहन सुनारले गर्नुभयो थियो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…