गल्याङका व्यवशायी श्रेष्ठद्धारा झण्डै ८० हजार घरभाडा छुट

स्याङजा :
गल्याङ नगरपालिकाका समाजसेवी व्यवसायी महेन्द्र श्रेष्ठले आफ्नो घरमा बस्नेहरुको लागि डेढ महिनाको घरभाडा छुट गर्नुभएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ निवासी श्रेष्ठले लकडाउनका कारण भाडामा व्यवसाय गरी बस्नेहरुलाई समस्या परेको भन्दै डेढ महिना बराबरको घरभाडा छुट गर्ने घोषणा गर्नुभएको हो ।
श्रेष्ठले आफ्नो घरमा बस्ने ३ परिवार रहेको जनाउदै प्रति परिवार डेढ÷डेढ महिनाको गरी एकमुष्ट ७९ हजार ५ सय रुपैयाँ घरभाडा नलिने निर्णय गरेको बताउनुभयो ।
यसरी घरभाडा छुट दिने श्रेष्ठ परिवार गल्याङमा घर भाडा छुट दिने पहिलो घरधनी बन्नुभएको छ ।
श्रेष्ठ नेपाली कांग्रेसका युवा नेता, सफल ब्यवसायी एवं स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP