गल्याङ : मृतक पाण्डेका परिवारलाई युएईमा रहेकाहरुले गरे नगद सहयोग ।

गल्याङ् :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ का ३२ वर्षीय स्वर्गीय पदम प्रसाद पाण्डेको परिवारलाई युएईमा रहेकाहरुले आर्थिक सहयोग गरेकाछन् ।
गत जेठ २१ गते गाँउमा नै मृत अवस्थामा फेला परेका पाण्डेका परिवारलाई युएईमा रहेका गल्याङका बिभिन्न व्यक्तिहरुको सक्रियतामा संकलन गरेको रु ८३ हजार २ सय रुपैया परिवारलाई प्रदान गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका रिता पाण्डे, मथुरा पाण्डे, यादव सुवेदी, दिपा सुवेदी र गल्याङ नगरपालिका वडा नं ९ का लिला मणि खनाल लगायतको सक्रियतामा रकम संकलन गरि पठाएका हुन् ।
“सेवा नै धर्म हा”े भन्ने भावनाले प्रभावित भएर सानो उमेरमा नै ज्यान गुमाएका पाण्डेका परिवारलाई सहयोग गरिएको रोजगारीको शिलशिलामा बिदेश रहनु भएका युवा समाजसेवी लिलामणि खनालले बताउनु भयो । अप्रत्यासित घटनाका कारण समस्यामा परेको परिवारलाई सहयोग पुगाेस भनेर सहयोग संकलन गरि परिवारलाई उपलव्ध गराईएको उहाँले जानकारी दिनुभयो ।
बिदेशमा संकलन गरेर पठाईएको रकम लक्ष्मी टेलिभिजनका समाचार प्रमुख एवम् गल्याङपोष्ट साप्ताहिकका सम्पादक टिकाराम अधिकारीले मृतक पाण्डेकी श्रीमती जमुना पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा नं ४ का वडा सदस्य चनिसरा थापा मगरले मृतक पदम पाण्डे प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै विदेशीभूमिबाट सहयोग गरेको प्रति हार्दिक धन्यवाद दिनुभयो ।
.

त्यस्तै स्थानीय समाजसेवी ढाकाराम न्यौपानेले कसैले कल्पना नगरेको घटना घटेको र मृतकको परिवार प्रति रोजगारीको शिलशिलामा रहनु हुने महानुभाव सहयोगी मन तथा सञ्चारकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा प्रति प्रशंशा गर्नुभयो ।
आफ्नो पिडालाई देखेर विदेशी भूमिमा रहेर पनि सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिदै मृतक पदम पाण्डेयकी श्रीमती जमुना पाण्डेयले भोलिका दिनमा पनि सहयोगी हातहरुले साथ दिने अपेक्षा गरेको बताउनु भयो । उहाँले आफ्नो श्रीमान्का मृत्यु स्वभाविक नभई हत्या भएको दावी गर्नुभयो । उहाँले संकास्पद लागेका व्यक्तिको किटानी गरी प्रहरीमा जाहेरी दिएको जानकारी गराउनु भयो ।
परिवारको सहयोगका लागि हाल सम्म देश तथा विदेशबाट गरी ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ संकलन भएको आर्थिक सायता सहयोग समितिका संयोजक रेवाकान्त न्यौपानेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…