गल्याङमा राहत आउने क्रम जारी

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग आउने क्रम जारी छ ।
प्रकोप व्यवस्थापन राहत कोषमा मंगलबार पनि विभिन्न व्यक्ति तथा संस्थाहरुले नगद सहयोग गरेका छन् ।
मंगलबार राष्ट्रिय युवा संघ नेपाल गल्याङ नगर कमिटिले ११ हजार रुपैयाँ सहयोग गरेको छ । युवा संघ नेपाल गल्याङ नगर कमिटिका संयोजक ललित थापामगरले नगरप्रमुख भुपराज अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, मंगलबार नै गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषका लागि जुनतारा आमा समूहले दश हजार रुपैयाँ सहयोग गरेको छ ।
गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको आमा समूहले राहत कोषमा यो रकम सहयोग गरेको हो । आमा समूहका अध्यक्ष हरिकला रानाले नगरप्रमुख भुपराज अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभयो ।

.


यसैगरी, गल्याङ नगरपालिका सात मा नै रहेको कल्लेरी कृषि सहकारी संस्थाले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा पाँच हजार पाँच रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष कुमार रानाले यो रकम नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
यस्तै, गल्याङ नगरपालिका सातमा नै रहेको कल्लेरी टोल सुधार समितिले पनि प्रकोप व्यवस्थापन राहत कोषका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।
अध्यक्ष शेरबहादुर रानाले नगरप्रमुख भुपराज अधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
यसैगरी, गल्याङ नगरपालिका ११ गल्कोट हुलाकबाट रोजगारीको लागि दक्षिण कोरिया पुग्नुभएका टिकाराम अर्यालले प्रकोप व्यवस्थापन राहत कोषमा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । अर्यालले पठाउनुभएको रकम स्थानीय समाजसेवी शिब अर्यालले नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

.


यस्तै, आफ्नी दिबंगत आमाको सम्झनामा गल्याङ नगरपालिका ४ बस्ने भिमबहादुर थापाले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ ।
दिबंगत आमा उतिसरा थापाको स्मृतिमा छोरा भिमबहादुर थापाले यो रकम नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विपदको समयमा महत्वपूर्ण सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्राप्त रकम समस्यामा परेकाहरुको उद्दार र राहतमा खर्च गरिने बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकावासीहरु विभिन्न ठाउँबाट आउने क्रम चलिरहेको भन्दै आफ्ना नागरिकको व्यवस्थापनमा नगरपालिका प्रतिबद्व भएको बताउनुभयो ।

Facebook Comments Box
TOP