स्याङ्जाको गल्याङमा ससुराली गएका व्यक्ति मृत अवस्थामा भेटिए

आँधीखेला खबर :
स्याङ्जा गल्याङ नगरपालिका वडा नम्वर २ मा एक जना मृत अवस्थामा भेटिएकाछन् । सोही वडा कै ५० बर्षीय पदम पल्ली आँधीखोला झुलुङ्गे पुल नजिकै चौतारीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वडा नम्वर ४ स्थित ससुराली गएका पल्ली मृत अवस्थामा भेटिएकाहुन् । प्रहरीका अनुशार उनी ससुरालीबाट घर तर्फ लागेको धेरै घण्टा सम्म पनि घर आई नपुगेपछि खोजतलास गर्दा मृत अवस्थामा भेटिएका हुन् ।
मृतकले पहिले देखिनै डिप्रेशनको औषधी सेनव गर्ने गरेको प्रहरीले जनाएको छ । पल्लीले पहिले पहिले मादक पदार्थ पनि सेवन गर्ने गरेको परिवारको भनाई उल्लेख गर्दै प्रहरीले उनको शरिरमा चोट पटक नदेखिएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
यसरी खुसी हुँदै बिदा भए स्याङ्जामा कोरोना जितेका ३ पुरुष-हेरौं भिडियो
वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…