करेन्ट लगाएर माछा मार्ने जनही ५ हजारमा छुटे
भवानी अधिकारी/स्याङजा : जिल्ला प्रशासन कार्यालय स्याङजाले करेन्ट लगाएर माछा मार्दै गरेका ४ युवालाई जनही ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ। उनीहरू धराैटी बुझाएर छुटे । आँधीखोलामा करेन्ट लगाई माछा मार्दै गरेका ती युवालाई प्रहरीले पक्राउगरी कारवाही अघि बढाएको हो। पक्राउ पर्ने युवाहरु पनि पुतलीबजार नगरपालिका १० का हुन्।
पुतलीबजार नगरपालिका-११ बगालेथोक स्थित आँधीखोलामा ३९ बर्षका बसन्त राना, ३७ का सन्दिप गुरुङ, २६ का सनोज थापा, ३८ का चौबहादुर गुरुङले करेन्ट लगाई माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती युवा सहित माछा मार्न प्रयोग गरिएका ब्याट्री, मोटर, तार जेलिएको बाँस, माछा छोप्ने कुडुलो एक/एक वटा र रसीसंगैको बल्छी २३ वटासहित पक्राउ परेको प्रहरी उपरीक्षक बिमलराज कडेँलले जानकारी दिनुभयाे। ‘खोलामा विजुलीको करेन्ट लगाई माछा मार्न काम अवैध हो ’ उहाँले भन्नुभयाे ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
१ हप्ता अगाडि
वालिङ : नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ…


