करेन्ट लगाएर माछा मार्ने जनही ५ हजारमा छुटे

भवानी अधिकारी/स्याङजा : जिल्ला प्रशासन कार्यालय स्याङजाले करेन्ट लगाएर माछा मार्दै गरेका ४ युवालाई जनही ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ। उनीहरू धराैटी बुझाएर छुटे । आँधीखोलामा करेन्ट लगाई माछा मार्दै गरेका ती युवालाई प्रहरीले पक्राउगरी कारवाही अघि बढाएको हो। पक्राउ पर्ने युवाहरु पनि पुतलीबजार नगरपालिका १० का हुन्।
पुतलीबजार नगरपालिका-११ बगालेथोक स्थित आँधीखोलामा ३९ बर्षका बसन्त राना, ३७ का सन्दिप गुरुङ, २६ का सनोज थापा, ३८ का चौबहादुर गुरुङले करेन्ट लगाई माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती युवा सहित माछा मार्न प्रयोग गरिएका ब्याट्री, मोटर, तार जेलिएको बाँस, माछा छोप्ने कुडुलो एक/एक वटा र रसीसंगैको बल्छी २३ वटासहित पक्राउ परेको प्रहरी उपरीक्षक बिमलराज कडेँलले जानकारी दिनुभयाे। ‘खोलामा विजुलीको करेन्ट लगाई माछा मार्न काम अवैध हो ’ उहाँले भन्नुभयाे ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…