आँधीखोलामा करेन्ट लगाएर माछा मार्नेहरु पक्राउ

श्रीकृष्ण सिग्देल/स्याङजा :
आँधीखोलामा अबैध रुपमा माछा मारेको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४ जना युवकलाई नियन्त्रणमा लिएर कारवाहि गरेको छ । लकडाउनको मौका छोपेर आँधीखोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुतलीबजार नगरपालिका ११ वगालथोक स्थित आँधीखोलामा माछा मारेको अवस्थामा युवकलाई नियन्त्रणमा लिएर कारवाहि गरिएको जिल्ला प्रहरी प्रमुख बिमलराज कणेलले बताउनु भयो । कणेलका अनुसार पुतली बजार १० बस्ने बर्ष ३९ का बसन्त राना, सोही वडाका बर्ष ३७ का सन्दिप गुरुङ्, बर्ष २६ का सनोज थापा, र बर्ष ३८ का चौ बहादुर गुरुङ् रहेका छन् । पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनही ५ हजार जरिवाना गरेको छ ।
उनीहरुबाट प्रहरीले एक्साईड व्याट्री १ थान, मोटर, तार, माछा छोप्ने कुडुलो र २३ थान रसी नियन्त्रणमा लिएको प्रहरी प्रमुख कणेलले बताउनु भयो । करेन्ट लगाएर जलचर मार्न नपाईने कानुनी व्यवस्थालाई हामीले प्रयोग गरिएको हो प्रहरी प्रमुख कणेलले भन्नुभयो“अबैध तवरले माछा मार्ने जो कोहीलाई पनि अब उप्रान्त कानुनी कारवाहिको भागिदार बन्ने छ ।” बन्दाबन्दीको मौका छोपेर अबैध धन्दा गर्नेहरु कानुनी कठाघरमा जाने छन् कणेलले भन्नुभयो। लकडाउनको अवस्थामा आँधीखोलामा माछा मार्ने क्रम बढ्दो रहेका बेला प्रहरीले चलाएको यो कदमले अब माछा मार्ने क्रम रोकिन सक्ने विश्वास स्थानीयले लिएका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP