एक करोड कोरोना संक्रमित, मृतककाे संख्या पाँच लाख नाघ्यो
काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नाघेको छ । मृतक संख्या पाँच लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ७५ हजार १ सय १५ संक्रमित छन् । जसमध्ये मृतक संख्या ५ लाख ६ सय २८ छ ।
बितेको २४ घन्टामा एक लाख ७५ हजार संक्रमित थपिएका छन् । ४५ सय जनाको मृतक थपिएका छन् ।
अमेरिकामा २५ लाख ९६ हजार संक्रमित संख्या छ । त्यहाँ एक लाख २८ हजारको मृत्यु भइसकेको छ ।
ब्राजिलमा १३ लाख संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २७ हजार संक्रमित संख्या छ । त्यहाँ ८ हजार ९ सयको मृत्यु भइसकेको छ ।
भारतमा ५ लाख २९ हजार संक्रमित मध्ये १६ हजारको मृत्यु भइसकेको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


