पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५३३५

पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ। नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। 

जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताउनु भयाे ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा बाराका एक ५ बर्षका बालक तथा वीरगञ्जमा भेटिएको एक वेवारिसे शवको हो। वीरगञ्जमा जेठ २८ गते वेवारिसे रुपमा फेला परेको र उक्त शवको नारायणी अस्पतालमा स्वाव परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो। 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP