थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४२६ देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताउनु भयाे । 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP