स्याङ्जाका २ सहित गण्डकी प्रदेशमा बिहानै थपिए २४ जनामा सङ्क्रमित, गण्डकीमा पुग्यो ३४८


स्याङ्जा :

स्याङ्जाका २ सहित गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेशमा २० जना पुरुष र ४ जना महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३४८ पुगेको हो ।
थपिनेमा स्याङजाको कालिगण्डकी गाँउपालिकाका १ पुरुष र ठेगाना नखुलेका १ जना पुरुष गरी २ जनामा रहेका छन् ।

त्यस्तै सबै भन्दा धेरै बाग्लुङमा २ महिला सहित १४ जना थपिएकाछन् । गल्कोट नगरपालिकाका ६ जना पुरुष र गल्कोट कै २ महिलामा संक्रमण पुष्टी भएको हो । त्यस्तै काठेखोला गाँउपालिकाका ६ जना पुरुषमा संक्तमण भेटिएको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २ महिला सहित ५ जना र रुपा गाँउपालिकाका १ जना पुरुषमा संक्तमण भेटिएको हो ।
यस्तै नवलपरासी सुस्तापूर्बको बिनयत्रिबेणी गाँउपालिकाका २ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
उनीहरु सबै भारतबाट आएका हुन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ३४८ मध्ये ३४ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।

Facebook Comments Box
TOP