स्याङ्जाका २ सहित गण्डकी प्रदेशमा बिहानै थपिए २४ जनामा सङ्क्रमित, गण्डकीमा पुग्यो ३४८
स्याङ्जा :
स्याङ्जाका २ सहित गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेशमा २० जना पुरुष र ४ जना महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३४८ पुगेको हो ।
थपिनेमा स्याङजाको कालिगण्डकी गाँउपालिकाका १ पुरुष र ठेगाना नखुलेका १ जना पुरुष गरी २ जनामा रहेका छन् ।
त्यस्तै सबै भन्दा धेरै बाग्लुङमा २ महिला सहित १४ जना थपिएकाछन् । गल्कोट नगरपालिकाका ६ जना पुरुष र गल्कोट कै २ महिलामा संक्रमण पुष्टी भएको हो । त्यस्तै काठेखोला गाँउपालिकाका ६ जना पुरुषमा संक्तमण भेटिएको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २ महिला सहित ५ जना र रुपा गाँउपालिकाका १ जना पुरुषमा संक्तमण भेटिएको हो ।
यस्तै नवलपरासी सुस्तापूर्बको बिनयत्रिबेणी गाँउपालिकाका २ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
उनीहरु सबै भारतबाट आएका हुन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ३४८ मध्ये ३४ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


