‘तरकारी र फलफूलबाट कोरोना सरेको प्रमाण छैन, नस्ट नगर्नोस्’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलहरुबाट कोरोनाभाइरस सरेको प्रमाण नभएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङमा’ बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न स्थानमा हरियो तरकारी फालिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताउनु भएकाे हाे ।
अहिलेसम्म कसैलाई पनि त्यसरी कोरोना सरेको थाहा नभएको भन्दै उनले तरकारी र फलफूलहरु नस्ट नगर्न अनुरोध गर्नु भयाे ।
‘खाना र खानाको प्याकेटहरु, तरकारीहरु, फलफूलहरुबाट कोभिड–१९ को भाइरस सरेको प्रमाण छैन’–उनले भने–‘अहिलेसम्म सरेको कसैलाई पनि थाहा भएको छैन ।’
उहाँले तरकारी र फलफूल सुरक्षित तरिकाले सरसफाइ गरी खान पनि आग्रह गर्नु भयाे ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


