‘तरकारी र फलफूलबाट कोरोना सरेको प्रमाण छैन, नस्ट नगर्नोस्’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलहरुबाट कोरोनाभाइरस सरेको प्रमाण नभएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङमा’ बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न स्थानमा हरियो तरकारी फालिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताउनु भएकाे हाे ।
अहिलेसम्म कसैलाई पनि त्यसरी कोरोना सरेको थाहा नभएको भन्दै उनले तरकारी र फलफूलहरु नस्ट नगर्न अनुरोध गर्नु भयाे ।
‘खाना र खानाको प्याकेटहरु, तरकारीहरु, फलफूलहरुबाट कोभिड–१९ को भाइरस सरेको प्रमाण छैन’–उनले भने–‘अहिलेसम्म सरेको कसैलाई पनि थाहा भएको छैन ।’
उहाँले तरकारी र फलफूल सुरक्षित तरिकाले सरसफाइ गरी खान पनि आग्रह गर्नु भयाे ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…