एकै दिन सर्वाधिक ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयाे ।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभयाे ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…