नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।
आज संक्रमण पुष्टि हुनेमा ७१ महिला २४५ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ।
आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


