स्याङ्जामा थप ३ जना कोरोना जितेर घर फर्किए, घर फर्किनेको संख्या ६ पुग्यो ।


स्याङ्जा :
स्याङ्जामा थप ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएकाछन् । जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ३ जना संक्रमितको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि आज घर पठाईएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो । घर फर्कनेमा वालिङ नगरपालिकाका २०,२६ र २९ बर्षका ३ जना पुरुष रहेकाछन् ।
यसअघि जिल्ला अस्पतालको आईसोलेसनमा नै रहेका वालिङका १ र गल्याङका २ जना पुरुष कोरोना मुक्त भएर घर फर्किसकेकाछन् ।
अव कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा ५१ जना रहेकाछन् भने २ जना पोखरामा रहेकाछन् । एक जनाको निधन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या ६० रहेको छ ।

Facebook Comments Box
TOP