पाल्पामा तीन दिन अघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी

काठमाडौँ : तीन दिन अघि पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टी गर्नु भएकाे हाे ।
पूर्वखोला गाँउपालिका का ४० बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो ।
पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुरयाइएको थियो । त्यहाँ उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
.
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…