एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखिए पछि चापाकोट बजार बन्द गरियो ।
चापाकोट :
चापाकोटमा सञ्चालित एम्बुलेन्स चालकलाई कोरोना संक्रमण पुष्टी भएसँगै चापाकोट नगरपालिका बजार बन्द गराउनुका साथ आवतजावतमा कडाई गरीएको छ । समुदाय स्तरमा कोरोना देखिए पछि उच्च सतर्कता अपनाउदै कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
आईतवार चापकोटका ती चालक पुरुषमा संक्रमण पुष्टी भएको थियो । यो सँगै चापाकोटमा पनि समुदाय स्तरमा कोरोना पुगेको हो । जिल्लामा यो दोस्रो पटक भेटिएको केश भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
उक्त व्यक्ति गएका सम्भावित ठाँउहरुलाई नियन्त्रणमा राखि कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको नगरपालिकाका सुचना अधिकारी एवं स्वास्थ्य शाखा प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


