एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखिए पछि चापाकोट बजार बन्द गरियो ।

चापाकोट :
चापाकोटमा सञ्चालित एम्बुलेन्स चालकलाई कोरोना संक्रमण पुष्टी भएसँगै चापाकोट नगरपालिका बजार बन्द गराउनुका साथ आवतजावतमा कडाई गरीएको छ । समुदाय स्तरमा कोरोना देखिए पछि उच्च सतर्कता अपनाउदै कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
आईतवार चापकोटका ती चालक पुरुषमा संक्रमण पुष्टी भएको थियो । यो सँगै चापाकोटमा पनि समुदाय स्तरमा कोरोना पुगेको हो । जिल्लामा यो दोस्रो पटक भेटिएको केश भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
उक्त व्यक्ति गएका सम्भावित ठाँउहरुलाई नियन्त्रणमा राखि कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको नगरपालिकाका सुचना अधिकारी एवं स्वास्थ्य शाखा प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…