चापाकोटको क्वारेन्टीनमा बसेकाहरुलाई दिनहुँ गराईन्छ योग

दिबस भण्डारी/चापाकोट :
स्याङ्जा चापाकोट नगरपालिका विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट आई बसेकाहरुलाई नियमित योग गराउदै आईएको छ ।
नियमित गरिने योग र ब्यायामले मानिसमा चिन्ता हट्ने तथा रोगप्रतिरोधात्मक शक्ति बढ्ने योग गुरु गोबिन्द प्रसाद गैह्रे बतउानु भयो । नियमित योग ब्यायाम गरेर स्वास्थ र आनन्दको अनुभुती गर्न पाउँदा क्वारेन्टीनमा बस्नेहरु पनि खुसी भएको योग गुरु गैह्रेको भनाई छ ।
नियमित योग तथा ब्यायाम गर्नेहरुलाई सहजै रोगले आक्रमण गर्न नसक्ने र कोरोना भाइरस विरुद्ध लड्न रोगप्रतिरोधात्मक क्षमता पनि स्वतः बृद्धि हुने गैह्रेले जानकारी दिनुभयो ।
पछिल्लो समय भारतबाट आई नगरपालिकाको क्वारेन्टीनमा बस्नेहरुको संख्या समेत बढिरहेको । उनीहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै खानपान देखि स्वास्थ्य चेकजाँचमा विशेष ध्यान दिएको स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…