कोरोनाले अवरुद्ध बनाएको चापाकोट नगरपालिकाको सातौं नगर सभा सम्पन्न ।
आँधीखोला खबर/चापाकोट :
कोरोना भाईरस स्थानीय स्तरमा संक्रमण भएपछि अवरुद्ध भएको चापाकोट नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न भएको नगरसभामा नगर प्रमुख शिव कुमार गिरिले आर्थिक वर्ष ०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
नगरपालिकाको नीति तथा कार्यक्रम कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित भएको देखिन्छ । आजै प्रस्तुत गरिएको बजेट पनि कोभिड १९ केन्द्रित रहेको नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
नागरपालिकाको नीति तथा कार्यक्रम नगरवासीहरूको मौलिकहकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध नगर बनाउन केन्द्रित रहेको छ ।
.

सभामा बोल्दै नगरप्रमुख गिरीलेले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकटको सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा नगर पनि विपत्तिसँग जुधिरहेको बताउनु भयो ।
त्यस्तै नगरउपप्रमुख बिमला श्रेष्ठले आर्थिक बर्ष २०७७/०७८ को लागि ५९ करोड ७९ लाख १८ हजार १ सय ७० रूपैया बराबरकोे बजेट सार्बजानिक गर्नु भएको छ ।
नगरपालिकाका १० वटै वडा हरुमा समानुपातिक बिकास हुने गरी बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।
संबिधान अनुशार तोकिएको समयमा नै नगरसभा गर्ने तयारी गरेको भए पनि कोरोनाको संक्रमण स्थानीय स्तरमा देखिए पछि नगरपालिकालाई शिल गरिएको थियो जसका कारण बजेट समेत पछि धकेलिएको पालिकाले जनाएको छ । चापाकोटका एम्बुलेन्स चालकलाई कोरोना संक्रमण देखिएको थियो तर उनीसँग सम्पर्कमा आएका एक सय भन्दा धेरै व्यक्तिमा कोरोना भेटिएन । उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


