चापाकोटको क्वामीमै प्रहरी कार्यालयको स्थापना गर्न माग गर्दे अनसन जारी

भवानी अधिकारी/स्याङजा :
चापाकोट नगरपालिका ८ क्वामीमा रहेको कार्यालय अन्यत्र नसार्न माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।
स्थानीयबासीले इलाका प्रहरी कार्यालय संरक्षण समिति गठन गरेर एक सातादेखि रिले अनसन जारी राखेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।
चापाकोट नगरपालिका ८ क्वामीमा रहेको इलाका प्रहरी कार्यालय (क) यथास्थानमा मै राख्न दवाव स्वरुप स्थानीयको रिले अनसन हो । अनसनमा वडा अध्यक्ष नवराज श्रेष्ठ सहित स्थानीयबासीको सहभागिता छ । वडा कार्यालय भवनमा बसेर रिले अनशन गरेका छन् । इलाका प्रहरी कार्यालय र वडा कार्यालय आमने सामने पर्छ ।
२०७६ असोज ७ को मन्त्रीपरिषद बैठकले क्वामी स्थित ईलाका प्रहरी कार्यालयलाई वडा कार्यालय बनाउदै वडा नं. ९ सुन्तलीटारमा सार्ने निर्णय गरेको थियो । स्तरोन्नतीसंगै, सुन्तलीटारमा भौतिक निर्माणका प्रक्रिया सुरु भएपछि यहाँका स्थानीयबासीले यथास्थानमै कार्यालय स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेको समितिका संयोजक हरि भट्टराइले जानकारी दिनुभयो ।

.


सर्बपक्षिय भेलाले हरि भट्टराईको संयोजकत्वमा २३ सदस्यीय इलाका प्रहरी कार्यालय संरक्षण समिति गठन गरी दवावमुलक कार्यक्रम गरिदै आएको छ । जेठ २१ देखि सुरु रिले अनशनका बारेमा सुनुवाई नभएको भन्दै सोमबार साँझ स्थानीयले मशाल जुलुस गरेका छन् । चौकी सार्न पाईदैन भन्ने नारा लगाउदै मसाल जुलुस गरेका हुन । शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरे चरणबद्ध कठोर आन्दोलन गर्न वाध्य हुने समितिका उपसंयोजक गौरब भट्टराईले चेतावनी दिनुभयो ।
‘सम्बन्धित निकायमा पत्राचार, ज्ञापन पत्र बुझाउँदा समेत केही सुनुवाई नभएपछि अनशन र मसाल जुलुस गर्न बस्न वाध्य भएका हौं ’ संयोजक भट्टराइले भन्नुभयो ‘क्वामीबाट सहजै चापाकोट नगरपालिका पुरै क्षेत्रलाई सुरक्षा प्रदान गर्ने अवस्था हुँदाहुदै पनि साँघुरो ठाँउमा प्रहरी कार्यालय सार्न खोजेकोमा दुखी छौं । ’
सरकारका काम संघीयता बिरोधी भयो । नगरबासी सबैलाई समानरुपले सेवा प्रवाह गर्नुपर्ने सरकार नै केन्द्रीकृत हुन चाहेको वडा अध्यक्ष नवराज श्रेष्ठको भनाई छ ।

.


कार्यालय क्वामीबाट स्थानान्तरण गराई ३/४ किलोमिटर पर सुन्तलीटारमा लान खोजिएकोे हो । बरु, सडक संजालले जोडौं । पक्की सडक बनाउन स्थानीय, प्रदेश र संघ सरकारलाई आब्हान गरौं, तर यहाँ रहेको प्रहरी कार्यालय स्थानान्तरण नगरौं भन्नुहुन्छ संघर्ष समितिका सहसचिव गोकर्ण भट्टराई ।
इलाका प्रहरी कार्यालयको स्तरोन्नतीसंगै अव यहाँको कमाण्ड प्रहरी नायब उपरीक्षकले सम्हाल्नुहुनेछ । यसअघि प्रहरी निरीक्षक प्रमुख रहनेगरी दरवन्दी थियो ।
चापाकोट नगरपालिकाले पनि २०७६ पुस १४ गते यथास्थानमै निर्माण कार्य अघि बढाउनुपर्ने सिफारिस गरि पठाएको सिफारिसलाई वेवास्ता गर्दै निर्माण कार्य अघि बढाउने कामले स्थानीयबासीलाई दुई भागमा बिभाजन गर्ने काम गरेको नेकपा जिल्ला सदस्य तिर्थराज बरालको भनाई छ ।

Facebook Comments Box
TOP