स्याङ्जाको चापाकोटमा एक जना मृत अवस्थामा फेला

death

आँधीखेला खबर :

स्याङ्जाको चापाकोटमा एक जना मृत अवस्थामा फेला परेकाछन् । चापाकोट नगरपालिका वाड नम्वर ६ गिनचौरका ४९ बर्षका गिरीधारी खनाल मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रवार बिहान मापसे गरी घरबाट हिडेका खनाल घर नजिकै मृत अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए । घटनाको जानकारी पाँउनासाथ वालिङबाट समेत प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उच्चरक्तचापका बिरामी खनालको शरिरमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाई छ । शबलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP