स्याङ्जाको चापाकोटमा एक जना मृत अवस्थामा फेला

आँधीखेला खबर :
स्याङ्जाको चापाकोटमा एक जना मृत अवस्थामा फेला परेकाछन् । चापाकोट नगरपालिका वाड नम्वर ६ गिनचौरका ४९ बर्षका गिरीधारी खनाल मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रवार बिहान मापसे गरी घरबाट हिडेका खनाल घर नजिकै मृत अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए । घटनाको जानकारी पाँउनासाथ वालिङबाट समेत प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उच्चरक्तचापका बिरामी खनालको शरिरमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाई छ । शबलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…