आगामी बजेटबारे भीरकोट नगरपालिकाले गर्यो सरोकारवालासँग अन्तरक्रिया

चुत्र महत/भीरकोट :
आगामी आर्थिक वर्ष २०७७÷०७८ को वजेट निति तथा कार्यक्रमको अन्तिम चरणमा रहेको वेला भीरकोट नगरपालिकाको आयोजनामा भीरकोटमा रहेका सरोकारवालाहरु संग आ .व. ०७७÷०७८ को योजना तर्जुमा सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख खनालले जति पनि सरोकारवालाहरुले दिएको सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसात गर्ने जानकारी दिनुभयो । उहाँले कृषी विकास कार्यक्रम सन्चालन गर्ने,नगरपालिका भित्रका सवै वडाहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउनुको साथै एक घर एक धारा निर्माण गर्ने,नगरपालिका अन्र्तगतका प्रमुख सडकहरुको स्तरोन्ती गर्ने,कोरोना रोकथाम र नियन्त्रण सम्वन्धी कार्यहरु गर्ने,स्थानिय स्तरमा रोजगार सृजना हुने योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने, एक वडा एक पार्क निर्माण गर्ने र एक वडा एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्ने आदि विशेष गरी ५ प्रकारको नितिमा आधारीत रहेर वजेट निति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको वताउनु भयो ।
आ.व ०७६÷०७७ मा निर्माणधिन योजना पूर्ण नभएको खण्डमा यस आ.व. मा पुरा गर्ने भन्दै प्रमुख खनालले आँधीखोला तटवन्धन र ओभर व्याङ् निकाल्ने काम भईरहेको जानकारी दिनुभयो ।
उहाँले यस वर्ष आँधीखोलाले समस्या पार्ने सवै ठाँउमा तटवन्धन लगाई सम्पन्न पार्ने बताउनु भयो । वजारमा मात्रै विकास भो भन्ने धेरै गुनासो सुन्नमा आएकाले यस वर्ष गाँउ केन्द्रीत वजेट निति तथा कार्यक्रम ल्याउन लागेको समेत प्रमुख खनालले वताउनु भयो ।
कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले आगामी आ.व मा आउने वजेट नीति तथा कार्यक्रममा महिलाहरुलाई व्यवहारिक शिप सिकाई कृषी र उत्पादन संग जोडी आर्थिक उपार्जनमा लगाउने खालको वजेट निति तथा कार्यक्रम ल्याईने स्पष्ट पार्नु भयो ।
कोविड १९ को संक्रमणवाट वचौ स्वास्थ्य र शिक्षामा वढी वजेट छुट्याऊ अन्य विकास निर्माणको काम वाँचे पछि गरऊला भन्दै उप प्रमुख कर्माचार्यले आफुले पाउने सेवा सुविधा समेतको प्रवाह नगरी जनताको काम गरिरहेको र आगामी आवमा पनि स्वतस्र्फूत रुपमा काम गर्ने वताउनु भयो ।
आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागी भीरकोट नगरपालिकामा प्राप्त हुने आन्तरीक आम्दानी,संघीय सरकार तथा प्रदेश सरकारवाट प्राप्त हुने रकम अन्य आयको प्रक्ष्येपण गरी ५७ करोड ९७ लाख ९९ हजारको वजेट भीरकोटमा भित्राउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले वताउनु भयो ।
९ वटै वडा अध्यक्षहरु सहित अन्य सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा दलहरुको तर्फवाट नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भीरकोटका अध्यक्ष मिन प्रसाद कोइराला,नेपाली काँग्रेस भीरकोटका सचिव शेषकान्त अर्याल,समाजसेवीहरु गोविन्द कुमार कर्माचार्य,पिताम्वर श्रेष्ठ,भक्त वहादुर केसी, क्षेत्र वहादुर थापा, हर्क वहादुर गुरुङ्, विष्णु काफ्ले, जगन्नाथ अर्याल,प्रकाश रणपाल र युनिस मिँया, पार्वती केसी वस्नेत,विष्णु खनाल, जनक अधिकारी लगायतले बोलेका थिए ।
सरोकावालाहरुले कृषी, स्वास्थ्य,शिक्षा, पर्यटन,यातायात,खानेपानी,उद्योग र रोजगारी सम्वन्धी वजेट लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…