भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण


चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिका वडा नम्वर ५ का व्यवशायीक मौरी पालक कृषकहरुलाई मौरी सहितका घार बितरण गरिएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना,मौरी पकेट कार्यक्रम अन्र्तगत नव सिर्जना कृषी सहकारीले आफ्ना ७३ जना मौरीपालक कृषकलाई १ सय गोला मोरी सहित घार बितरण गरिएको हो ।
कार्यक्रम अन्तरगत २ वटा वडामा मौरी सहितको घार वितरण गरिने बताईएको छ ।
मौरी घार वितरण गर्दै नगर प्रमुख छायाराम खनालले मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने भन्दै कृषकहरुलाई गोला बिभाजन गरी व्यवशायलाई बिस्तार गर्न आग्रह गर्नु भयो ।
मानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी रहेको महको नियमित सेवनबाट निरोगी हुन सकिने दावी गर्नुभयो ।
भीरकोट नगरपालिकाको वडा न ३ र ५ मा संचालित नव सिर्जना कृषी सहकारीले कृषी ज्ञान केन्द्रमा प्रश्तावना पेश गरे वमोजिम रु ३२ लाखको मौरी पकेट क्षेत्र संचालन भएको र कृषकहरु लाई ५० प्रतिशत अनुदानमा मौरी गोला वितरण गरीएको प्रमुख खनालले वताउनु भयो ।
सस्थाका शेर सदस्यहरुको मौरी उत्पादनमा दक्षता अभिवृद्धीको लागि शुक्रवारबाट नै ५ दिने मौरी पालन तालिमको संचालन गर्न लागिएको भीरकोट नव सिर्जना कृषी सहकारीका अध्यक्ष श्याम प्रसाद खनालले वताउनु भयो ।
यसै गरी भीरकोट ३ मा भने आगामी असार १५ गते भित्र मौरी पालन गर्ने कृषकहरुको छनोट गरी तालिम र गोला सहितको मौरीको १ सय घार वितरण गर्ने मौरी पकेट क्षेत्रका अध्यक्ष नन्दलाल खनालले वताउनु भयो ।

Facebook Comments Box
TOP