नेपाल स्वयंसेवक संघ युवा संगठनको गण्डकी प्रदेश सचिवमा स्याङ्जाका खगेन्द्र भण्डारी नियुक्त
स्याङ्जा : देशभरका स्वतन्त्र, प्राज्ञिक एवं बौद्धिक युवाहरुको साझा संस्था नेपाल स्वयंसेवक संघ युवा संगठन गण्डकी प्रदेशको सचिवमा स्याङ्जाका सामाजिक अभियान्ता खगेन्द्र भण्डारी नियुक्त हुनु भएकाे छ।
स्वयंसेवक संघ युवा सङ्गठन नेपालले आज एक विज्ञप्ति जारी गर्दै भण्डारीलाई नियुक्ति गरिएको जानकारी दिएको हो । सामाजिक रुपमा क्रियाशिल यो संस्थाले देशैभर आफ्ना गतिविधि गरिरहेको र समाज परिवर्तनका लागि अब युवाहरु नै लाग्ने गण्डकी प्रदेशका अध्यक्ष सुजन सापकोटाले बताउनु भयाे ।
महासचिव भण्डारी सामाजिक कार्यमा निकै क्रियाशिल रहेका युवा हुनुहुन्छ। उहाँ मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसका स्ववियु सभापतिका साथै गल्याङ जेसिजका महासचिव समेत रहनु भएकाे छ ।
.

समाचार
थप सामाग्री
स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि…


