वन समितिका पदाधिकारी नै काठ तस्करी गर्दा गर्दै पक्राउ !

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारस्थित एक सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारी सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरुको संलग्नता भेटिएको हो ।
सामुदायिक वनबाट काठ तस्करी गर्दै अबैध रुपमा तनहुँ र कास्की तर्फ लाने क्रममा टक्सार कोपानीबाट लेखनाथ च्वाई समेत २ जनालाई पक्राउ गरेपछि समितिको संलग्नता खुलेको हो । डिभिजन वन कार्यालयले पक्राउ परेकासँग अनुसन्धान गरेपछि काठ तस्करीमा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ ।
सामुदायिक वनका अध्यक्ष पदमबहादुर बोहोरा, उपाध्यक्ष अन्जना सुबेदी, सचिव नेत्रबहादुर कार्की र कोषाध्यक्ष शोभा कार्की समेत समितिका अन्य सदस्य गरि १२ जना बिरुद्ध जिल्ला अदालत स्याङ्जामा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।
वन ऐन, २०७६ को दफा ४९ को देहाए (च) बमोजिम राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार चोरी निकासी कसुर बमोजिमको मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयबाट खटिएका अनुुसन्धान अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए । दायर गरिएको मुद्दामा उनीहरुलाई ६ महिना कैद पक्राउ परेको काठको बिगो बराबरको प्रतिव्यक्ति ५८ हजार जरिवाना माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लेखनाथ च्वाईको ट्याक्टरमा काठ अबैध रुपमा निकासी गरेको भेटेपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका च्वाईसँग साल जातको ३१ थान चिरान फेला परेको थियो । च्वाईसँग वन कार्यालयले गरेको अनुसन्धानपछि जिल्लामै पहिलो पटक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु काठ चोरी पैठारीमा संलग्नता भेटिएको हो ।
पक्राउ परेका समितिका पदाधिकारी र सदस्यहरु विगत लामो समयदेखि वन पैदावारको चोरी पैठारीमा संलग्न रहेको बताईएको छ । स्थानीयका अनुसार हामीले भन्न नसकेर हो, उनीहरु वन पैदावारको नियमित अबैध पैठारी गर्दै आएका थिए । उक्त वनबाट स्याङ्जा तर्फको तुलनामा कास्की र तनहुँ तर्फ चोरी पैठारी गर्न भौगोलिक बनावटले सहज मानिन्छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…