स्कुल अफ डेमोक्रेसी स्याङ्जाकाे अध्यक्षमा अनुप श्रेष्ठ

भवानी अधिकारी/स्याङजा :
स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्षमा ईन्जियनियर अनुप श्रेष्ठ मनोनित हुनुभएको छ ।
श्रेष्ठलाई स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष नैनसिंह महरले स्याङजाको अध्यक्षमा मनोनित गर्नुभएको हो । लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने उपयुक्त फोरमको रुपमा स्कुल अफ डेमोक्रेसीलाई विकास गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी प्रदेश र जिल्ला तहमा पुग्नेगरी आफनो संरचना विस्तार गरेको हो ।
नेविसंघका निवर्तमान अध्यक्ष महरले नेतृत्व गरेको स्कुल अफ डेमोक्रेसी नेपालले मुलुक भित्र तथा बाहिर प्रजातन्त्रको पक्षमा वकालत गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
सरकार, राजनैतिक दलहरु र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन पु¥याउने लक्ष्यले स्थापित स्कुल अफ डेमोक्रेसीले श्रेष्ठलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व बिकास, सामाजिक शसक्तीकरण लगायतको क्षेत्रमा काम गर्नेगरी लोकतान्त्रिक मुल्य र मान्यतालाई मुल लक्ष्यमा पुरयाउने जिम्मेवारीकासाथ श्रेष्ठलार्ई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको मनोनित पत्रमा उल्लेख छ ।
श्रेष्ठ पेशाले सिभिल इन्जिीनीयर हुनुहुन्छ । उहाँ प्राविधिक विद्यार्थी परिषदको पूर्व केन्द्रिय उपाध्यक्ष र नेविसंघ महाधिवेशन प्रतिनिधी रहेका श्रेष्ठसंग इन्जिनियर क्षेत्रमा १० बर्षे काम गरेको अनुभव छ । पछिल्लो समय उहाँ पेशा र ब्यवसाय भन्दा राजनीतितर्फ बढी केन्द्रीत हुनुभएको छ ।
यसैगरी, गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई दिइएको छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…