स्याङ्जामा जीप दुर्घटना : एक किसोरीको मृत्यु,६ जना घाईते
स्याङ्जा :
स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ६ जना घाईते भएकाछन् । बयरघारी बजारबाट स्वरेकका लागि छुटेको ग २ च २३७३ नम्वरको महिन्द्रा जीप भीरकोट ५ को नेटामा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी स्थानीय १६ वर्षीया दुर्गा अर्यालको निधन भएको छ । त्यस्तै अन्य ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो ।
अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो प्रहरीले जनाएको छ । घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन् उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।
राम्दीमा पुगेर पूजाको फूलपाती सेलाएर आएको जीप सडकबाट १५/२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीप चालक प्रहरी नियन्त्रणमा छन भने उनीहरु सबै एकाघरका नातेदार रहेको बताइएको छ ।
- प्रेस युनियन स्याङ्जाले किन गर्यो प्रशासनको ध्यानाकर्षण हेर्नुस् भिडियो
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


