नवलपरासी : प्रतापपुर गाउँपालिका अध्यक्षको जीप दुर्घटनामा ज्यान गयो
नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको जीप दुर्घटनामा परेर ज्यान गएको छ ।
गाउँपालिकाबाट बुटवल जाँदै गर्दा अध्यक्ष शर्मा चढेको लु १ झ ३७० नम्बरको जीप पूर्व–पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको प्रहरीले जनाएको छ । जीप चालक घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएका शर्माको चिसापानी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


