आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने ५ जना परे कारवाहीमा

आँधीखोला खबर :
आँधीखोलामा अबैध रुपमा माछा मार्नेे बढेपछि प्रहरीले सक्रियता बढाएको छ । लकडाउनको मौका छोपी आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।
यसैबीच करेन्ट लगाएर माछा मार्ने क्रममा बुधबार पक्राउ परेका ५ जना युवालाई प्रशासनले नगद जरिवाना गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर ११ स्थित आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको स्याङजाका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक बिमलराज कणेलले जानकारी दिनुभयो ।
प्रशासनबाट उनीहरुलाई जनही ५ ५ हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेहरु पुतलीबजार नगरपालिका वडा नम्वर ११ का राजेन्द्रराज अर्याल, गगन परियार, रमेश खड्का र मुनाल अर्याल रहेकाछन् भने वडा नम्वर १२ का रमेश गुरुङ रहेकाछन् ।
प्रहरीले माछा मार्न प्रयोग गरिएका ब्याट्री, मेसिन, तार जेलिएको बाँस, माछा छोप्ने कुडुला लगायतका सामाग्री सहित ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…