आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने ५ जना परे कारवाहीमा
आँधीखोला खबर :
आँधीखोलामा अबैध रुपमा माछा मार्नेे बढेपछि प्रहरीले सक्रियता बढाएको छ । लकडाउनको मौका छोपी आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।
यसैबीच करेन्ट लगाएर माछा मार्ने क्रममा बुधबार पक्राउ परेका ५ जना युवालाई प्रशासनले नगद जरिवाना गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर ११ स्थित आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको स्याङजाका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक बिमलराज कणेलले जानकारी दिनुभयो ।
प्रशासनबाट उनीहरुलाई जनही ५ ५ हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेहरु पुतलीबजार नगरपालिका वडा नम्वर ११ का राजेन्द्रराज अर्याल, गगन परियार, रमेश खड्का र मुनाल अर्याल रहेकाछन् भने वडा नम्वर १२ का रमेश गुरुङ रहेकाछन् ।
प्रहरीले माछा मार्न प्रयोग गरिएका ब्याट्री, मेसिन, तार जेलिएको बाँस, माछा छोप्ने कुडुला लगायतका सामाग्री सहित ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


