आँधीखोलाका किसानलाई नगद सहित सम्मान

भवानी अधिकारी/स्याङजा :
कृषिलाई सम्मानगरि कृषि उत्पादन बढाउन आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अघि बढाएको छ ।
कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले सम्मान गर्दै कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलको संयोजकत्वमा गठित अनुगमन तथा मूल्याङ्कन समितिले गाउपालिकाभित्रका सर्बे किसानका घर घरमा पुगेर उत्कृष्ठ किसान छनोटगरि सम्मान गरिएको कृषि शाखाले जनाएको छ ।
पालिकामा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष द्धय पौडेलले किसानलाई नगद सहित प्रमाणपत्रले संयुक्तरुपमा सम्मान गनुृभएको हो ।
गाउँपालिकाभित्रका मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी २२ जनालाई सम्मान गरिएको सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।
.

कृषि पेशालाई सम्मानगरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका उदेश्यले आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अघि बढाएको छ ।
गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड अनुसार २२ जना कृषक छनोट गरिएको थियो । कृषि शाखाको आयोजनामा एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्षले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी जम्मा २२ जना व्यावसायिक कृषक छनौट गरेर पुरस्कार प्रदान गरिएको आँधीखोला गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कोरोना बिशेष हेर्नुहोस् :
वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…