आँधीखोलाका किसानलाई नगद सहित सम्मान
भवानी अधिकारी/स्याङजा :
कृषिलाई सम्मानगरि कृषि उत्पादन बढाउन आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अघि बढाएको छ ।
कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले सम्मान गर्दै कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलको संयोजकत्वमा गठित अनुगमन तथा मूल्याङ्कन समितिले गाउपालिकाभित्रका सर्बे किसानका घर घरमा पुगेर उत्कृष्ठ किसान छनोटगरि सम्मान गरिएको कृषि शाखाले जनाएको छ ।
पालिकामा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष द्धय पौडेलले किसानलाई नगद सहित प्रमाणपत्रले संयुक्तरुपमा सम्मान गनुृभएको हो ।
गाउँपालिकाभित्रका मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी २२ जनालाई सम्मान गरिएको सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।
.

कृषि पेशालाई सम्मानगरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका उदेश्यले आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अघि बढाएको छ ।
गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड अनुसार २२ जना कृषक छनोट गरिएको थियो । कृषि शाखाको आयोजनामा एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्षले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी जम्मा २२ जना व्यावसायिक कृषक छनौट गरेर पुरस्कार प्रदान गरिएको आँधीखोला गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कोरोना बिशेष हेर्नुहोस् :
वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


