अव राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
काठमाडौं : सरकारले शुक्रबार (आज) रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँड्डुलमा प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो ।
असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिकरुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको गृह मन्त्रालयले जनाएको छ ।
रातिमा हुने हिँड्डुलको अनुगमन भने प्रहरीले गर्ने जनाइएको छ ।
त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।
उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणलगायतका काममा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयले कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सबैलाई सचेत बन्न पनि आग्रह गरेको छ । मन्त्रालयले अनावश्यकरुपमा हिँड्डुल नगर्नसमेत सचेत बनाएको छ ।
हिँड्डुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम् दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।
कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवत–जावत गर्दा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न पनि गृहले भनेको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रोत्साहित नगर्न पनि गृहले भनेको छ ।
गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


