स्याङजा : ५४ जना अपांगहरूलाई पोषिलो खाद्यान्न
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १० नं. वडा कार्यालय राङखोलाले अपांगका लागि पोषिलो खाद्यान्न बितरण गरेको छ ।
आ.व. २०७६/२०७७ बाट वडाका लागि बिनियोजित रकमबाट यहाँका ५४ जना अपांगहरूलाई अण्डा, पिठो लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो ।
सरकारले लकडाउन गरेका अवस्थामा अंपागहरूलाई नै लाभान्वित हुनेगरि योजना ल्याईएको वडा अध्यक्ष दुर्गबहादुर शाहले बताउनु भयो ।
लकडाउनका कारण अन्य कार्यक्रम संचालनमा कठिनाई भएको बेलामा दैनिक जीवन यापनमा समेत कठिनाई हुने भएकाले पोषिलो खाद्यान्नले उनीहरुलाई राहत मिलेको वडा सदस्य सुरजकुमार अधिकारीको भनाई छ ।
यसैगरी, अपांगहरूलाई आगामीदिनमा वडामै नगरपालिको समन्वयमा अपांगता परिचयपत्र बितरण गरिने वडा सदस्य लिलबहादुर थापाले बताउनुभयो ।
उनीहरुका लागि अण्डा, गहुँको पिठो, दाल, चिनि, साबुन र मास्क बितरण गरिएको जनाउदै वडाले आफनो क्षेत्रमा उदाहरणीय काम गरेकोमा धन्यवाद दिदै आगामी दिनमा समेत वडासंग समन्वय गर्दै अन्य कार्यक्रम संचालन गर्ने अपाङ समाजका वडा संयोजक ऋषीकुमार रेग्मीले बताउनु भयो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


