वालिङको महाकाली मन्दिर पुनर्निमाणका लागि कोरियामा रहेका नेपालीकाे झण्डै डेढ लाख सहयोग ।
स्याङजा :
वालिङ नगरपालिका वडा नम्वर १० को महाकाली मन्दिर पुनर्निमाणका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै डेढ लाख सहयोग उपलव्ध गराएकाछन् ।
वालिङका ओम प्रकाश गैह्रेको सक्रियतामा कोरियामा रहेका स्याङजा सहितका नेपालीहरुले संकलन गरेको रकम रु १ लाख ४४ हजार मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
संकलित रकम वालिङ १३ पाठखोला निवासी जेष्ठ नागरिक चक्रपाणी गैह्रेले पुनर्निर्माण समितिका अध्यक्ष कमल गैह्रेलाई हस्तान्तरण गर्नु भएको हो ।
मन्दिरका समिति तथा स्थानीय व्यक्तिहरुको उपस्थितीमा रकम बुझ्दै निर्माण समितिका अध्यक्ष गैह्रेले नेपाली युवाहरुको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले रकम पारदशीरुपमा खर्च गरिने स्पष्ट पार्नु भयो । त्यस्तै समितिका कोषाध्यक्ष ढाकाराम डुम्रेले सहयोगीहरुको नामावली बिशेष अभिलेखमा राखिने बताउनु भयो ।
आफ्नो धर्म संस्कार संस्कृति तथा परम्परालाई बचाई राख्न मन्दिर पुनर्निर्माणका लागि रकम संकलन गरि नेपाल पठाईएको रकम संकलन समितिका संयोजक ओमप्रकाश गैह्रेले जानकारी दिनुभयो ।
वालिङ १० को आम्बोट (मोहोरिया)मा उक्त महाकाली मन्दिर बिक्रम सम्वत २०३५/४० सालमा निर्माण भएको हो । नगरपालिकाले सिद्धार्थ राजमार्ग चौडा गराउने क्रममा मन्दिर अन्यत्र बनाउनु पर्ने अवस्था आएको थियो भने जिर्ण समेत बनेको थियो ।
यसैबीच पहिलेको स्थान नजिकै अर्काे मन्दिर निर्माणका लागि स्थानीय कल्याण गैह्रेले २ आना जग्गा निशुल्क उपलव्ध गराउनु भएको थियो । सो जग्गा सँगै केही सार्वजनिक जग्गा समेत भएकाले मन्दिर निर्माणमा सहजता भएको मन्दिरका पूर्ब सचिव तथा स्थानीय समाजसेवी सागर गैह्रेले जानकारी भयो ।
.
सहयोगीहरुको नामावली र रकम (कोरियन वोनमा)
1,ओमप्रकाश गैह्रे : 51000/-
2,निशा खनाल : 30000/-
3,रधुनन्दन मेहता सुनसरि 39999/-
4,युवराज भट्टराइ : 25000/-
5,शुन्दर रेग्मि : 55555/-
6,सालिकराम ढकाल : 31000/-
7,प्रकाश राइ धन्कुटा :33333/-
8:बरुन उपाध्याय: 30000/-
9:योगेस भुसाल:30000 /-
10,राजेन्द्र बेल्बासे: 30000/-
11,यज्ञ बस्याल : 30000/-
12,सुमन पाठक : 32000 /-
13,कृष्ण बोगति :30000 /-
14:बिशाल थापा: 31000/-
15: कमल परियार :25000/-
16:सुरेन श्रेष्ठ :55555/-
17: बलाराम गौतम :30000/-
18: केशब गौतम :30000/-
19:बिस्वनाथ पाठक:51000/-
20: प्रदिप श्रेष्ठ :30000/-
1:निर मगर :25000/-
22: सुमन मल्ल : 31000/-
23: इन्द्रमणी पाठक :60000/-
24: राजु पङ्गेनि: 100000/-
25: सुशील अर्यल: 25000/-
26, सुर्य पौडेल :111111/-
27,श्याम अर्यल: 30000/-
28,माधव सुवेदी : 10000/-
29.शन्तोश पङ्गेनि: 51000/-
30.बाम्देव डुम्रे : 51000/-
31.कमल रेग्मि : 10000/-
32.राज कुमार गैह्रे :33333/-
33.सुर्य अर्यल :25000/-
34.बिष्णु पौडेल : 35000/-
35.मनोज चापागाई : 22000/-
36.गज्देन्द्र रेग्मी :25000/-
37.नीरज मल्ल :25000/-
38.नबिन खनाल : 30000/-
39 चिरञ्जीवी डुम्रे: 51000/-
40.गौतम आचार्य:31000/-
संकलित जम्मा कोरियन वोन : 1481886/- हस्तान्तरण गरिएको जम्मा ने.रु.: १,४४,०००/-
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…