भीरकोटको राहत कोषमा रकम आउने क्रम जारी
चुत्र महत/भीरकोट :
कोरोना भाइरस कोविड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ सस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा न ६ वगरेवजारमा रहेको त्रिलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडका प्रवन्धक प्रशुन मगरले राहत कोषमा जम्मा हुने गरी रु ११ हजारको चेक र पतञ्जली योग समिति स्याङ्जाले पतञ्जलीवाट उत्पादित ७५ कार्टुन हात धुने सावुन नगर प्रमुख छायाराम खनाल लाई प्रदान गरेका छन ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम र हात धुने सावुन वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई एक महिना पुग्ने गरी दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भैसकेको भन्दै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गर्ने सहकारी र गरेकोमा सहयोगी लाई धन्यवाद व्यक्त गर्नु भयो ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी १३ लाख ५७ हजार ७ सय ६८ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …