भीरकोट-सामुदायिक विद्यालयका शिक्षकहरुले दिए प्रकोप व्यवस्थापन कोषमा ७ लाख ५० हजार
चुत्र महत/भीरकोट :
कोरोना भाइरस कोविड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ सस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ ।
भीरकोट नगरपालिकाका सामुदायिक बिद्यालयमा दरवन्दी रहेका शिक्षकहरुले प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु ७ लाख ५० हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका हुन् । शिक्षकहरुको भेला वसी आफुले पाउने ३ दिनको तलव काटी भीरकोट नगरपालिकालाई हस्तन्तरण गरेकाहुन् ।
यसैबीच भीरकोट नगरपालिका वडा न ५ घर भई हाल रोजगारीको शिलशिलामा दुवईमा कार्यरत मान सिँ कुवँरले लक डाउन वाट प्रभावित भीरकोट वासी लाई राहत होस भनेर आफ्नो धर्मपत्नी पवित्रा कुवँर मार्फत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु १५ हजार र भीरकोट नगरपालिका वडा न ९ मा रहेको विशाल विकास आमा समुहले १० हजार १० नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
रकम वुझ्दै नगर प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका र सबै नागरिकको सहयोगमा नै राहत उपलव्ध गराउन सकिने बताउनु भयो ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २४ लाख ९३ हजार ३ सय ६७ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीलजानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


