भीरकोेट नगरपालिकाको प्रकोप कोषमा कर्मचारीहरुले गरे साढे ३ लाख भन्दा धेरै सहयोग
चुत्र महत/भीरकोट :
भीरकोेट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले ३ लाख ५७ हजार ७ सय ६८ प्रदान गरेकाछन् । कर्मचारीहरुका तर्फबाट आज नगद नगरप्रमुख छायाराम खनाललाई हस्तान्तरण गरिएको हो ।
भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीहरु उप सचिव तथा शाखा अधिकृतहरुको ५ दिनको र साहायक स्तर कर्मचारीहरुको ३ दिनको तलव गरी भीरकोट नगरपाकिाको प्कोप व्यवस्थापन कोषमा जम्मा हुने गरी १ लाख ९१ हजार ७ सय ६८ रुपैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
त्यसै गरी लकडाउनको वेला पहिलो पंक्तिमा रहेर कोरोना रोकथाम र नियन्त्रण कार्यमा संलग्न देश भरीका स्वास्थ्यकर्मीहरुलाई राज्यले सम्वोधन गर्नुपर्ने ,स्थानिय स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरु विभेदमा परेको भन्ने समाचार आईरहेका बेला भीरकोट नगरपालिका अन्र्तगत कार्यरत स्वास्थ्यकर्मीहरुले एउटा उदाहरणीय कार्य गरी कोविड १९ का कारण उत्पन्न परिस्थीतिको सामना गर्नका लागी नगर पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम जम्मा गरेकाछन् ।
भीरकोट नगरपालिकाका सवै स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थीतिमा स्वास्थ्य शाखाका प्रमुख नारायण वन्दु अर्यालले नगद रु १ लाख १ हजार १ सय ११ नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नुभएको छ ।
सोही क्रममा भीरकोट नगरकार्यपालिकाका सदस्य धनसुबा गुरुङ एंव कालिकाकोट स्वास्थ्य चौकीका प्रमख कुमार गुरुङ का छोरा जोन गुरुङले प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु ११ हजार १ सय ११ रुपैया नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नु भएको छ
प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले स्वास्थ्य र नगरपालिकाका कर्मचारीहरुले आफुले मात्र खाएर आफ्नो पेट भरेर हुदैन भीरकोट वारी जो लक डाउन वाट अति प्रभावित छन् उनीहरुको साँझ विहानको छाक नकाटिओस भनी आफुले पाउने तलव वाट रकम काटी राहत कोषमा जम्मा गर्नु स्रहानीय कार्य भएको भन्दै सहयोगी कर्मचारीहरु र जोन गुरुङ लाई धन्यवाद व्यक्त गर्दै कोरोना भाइरस र डेङगु को संक्रमण वाट आफु पनि वाचौ र अरुलाई पनि संक्रमण हुन वाट वच्न आग्रह गर्नुभयो ।
हाल सम्म भीरकोट नगरपाकिाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी १६ लाख ६१ हजार १ सय ४७ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…