भीरकोट नगरपालिकालाई लकडाउन खुले लगत्तै वालमैत्री नगर घोषणा गरिने

भीरकोट :चैत्र मसान्त भित्र वालमैत्री नगर घोषणा गर्ने तयारी रहेपनि कोरोना भाइरस कोभिड १९ कारण घोषणा गर्न नसकेको भीरकोट नगरपालिकाले लकडाउन खुले लगत्तै उक्त कार्यक्रम घोषणा गर्ने भएको छ ।
मगंलबार लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम राखी वालसेवकहरुसगं गरिएको भिडियो कन्फ्रेन्स मार्फत भएको अन्तरक्रिया पछि यस्तो निष्र्कस निस्किएको भीरकोट नगलपालिका नगरप्रमुख छायाराम खनालले जनाकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले भन्नुभयाे- विश्वभरी माहामारीको रुपमा झेल्दै आएको संक्रमणवाट वच्नको लागि नेपालमा लकडाउन गरीएको छ । पालिकालाई चैत्र मसान्त भित्र वालमैत्री नगर घोषणा गर्ने भनी सोही किसिमले घोषणा गर्नको लागि सवै सुचकहरु पुरा गरी अन्तिम चरणमा थियाे ।
.

साेही अवस्थामा लकडाउन भए पछि निर्धारित समयमा घोषणा गर्न नसकिएको प्रमुख खनालले बताउनुभयाे । लकडाउन खुलेकाे एक दुइ हप्ता भित्रमा नगरलाई वालमैत्री नगर घोषणा गर्ने प्रमुख खनालले वताउनुभयो ।
साथै सवै वडा सहजकर्ताहरु लाई तयारीका साथ वस्दै विद्यार्थीहरु संग निरन्तर सम्पर्कमा आइराख्न समेत प्रमुख खनालले आग्रह गर्नु भयो ।
नगर प्रमुख खनालको अध्यक्षतामा सम्पन्न भिडियो कन्फ्रेन्स मार्फत वालमैत्री कार्ययोजनाका लागी वालमैत्री वडा सहजकर्ताहरुसंगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण वालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु चौवेले र संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले गर्नुभएको थियो ।
भने अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख सिमा केसी कर्माचार्य,प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल र वालमैत्री नगर देखी वडाका सहजकर्ताहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वाडले गर्ने विभिन्न कार्यक्रमहरु तयारी गरी क्रमश काम गर्न वडा सहजकर्ताहरु लाई आग्रह गरीएको थियो ।प्रतिक्रिया दिनुहोस्
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…