भीरकोटको राहत कोषमा रकम आउने क्रम जारी

चुत्र महत/भीरकोट :
कोरोना रोकथामका लागि भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगद तथा जिस्सी आउने क्रम जारी रहेको छ ।
यसैबीच भीरकोट नगरपालिका वडा न ९ ठुलीभञ्ज्याङ्मा रहेको सुर्योदय यूवा क्लव वाट २० हजार २० ,वडा न १ निवासी समाजसेवी राम प्रसाद भुषालवाट १५ हजार, वडा न ५ स्वरेक मैदानमा रहेको वावु एड्भ्यान्चर अन्र्तराष्ट्रिय स्कुल प्रालिका निर्देशक सानो वावु सुनारवाट १० हजार, नव र्सिजनशिल आमा समूह भीरकोट वडा न ६ वाट ५ हजार १ सय र सितादेवी मरासिनी अर्यालले राहत कोषमा जम्मा हुने गरी नगर प्रमुख छायाराम खनाल लाई प्रदान गरेका हुन् ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एक्लैले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेको र सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने बताउनु भयो ।
प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको भन्दै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग जम्मा गर्ने वावु एड्भ्यान्चर अन्र्तराष्ट्रिय स्कुल प्रालि र यस्का निर्देशक सानो वावु सुनार लाई लाई धन्यवाद व्यक्त गर्नु भयो ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १७ लाख १८ हजार ३ सय ६७ रुपैया जम्मा भएको भन्दै नगर प्रवत्ता दिपेन्द्र केसीले लक डाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न मेगा वैक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी आग्रह गर्नु भयो ।

Facebook Comments Box
TOP