भीरकोटका जनप्रतिनिधि जनताको घरघरमा ।

खगेन्द्र भण्डारी/ स्याङ्जा : यतिबेला कोराना भाईसर(कोभिड-19))को सन्त्रासले नागरिकहरु आक्रान्तमा परेका छन। यस विषम परिस्थीबाट गुज्रिरहेको अबस्थामा आम नागरिकको रक्षा र जिवनयापन गर्ने बातावरण तयार गर्नु सरकारको मूख्य कर्तब्य हो । धेरैको गासको समस्या समाधानका लागि जनताको घरघरमा जनप्रतिनिधि चुनाबको बेला भोट माग्न आए जसरी नै आउन भन्ने चाहन्छन आम नागरिक तर राहत सँगै जनताको सेवामा घर घरमा जनप्रतिनिधि जानू त परै नागरिकको समस्या बुझ्ने समय सम्म नभएको देखिन्छ। तर स्याङ्जाको भिरकोट नगरपालिका ले भने जनताको सेवालाई घर दैलो सम्म पुर्याउने काम गरेको पाइएको छ ।
.

भिरकोट नगरपालिका वडा न ५ का अध्यक्ष लक्ष्मण अधिकारी लक डाउन पछि जनता लाई परेको समस्या बुझ्न र समाधानका लागि दिन रात नभनी लागि परेका छन ।आफ्नो गाउँ टोलमा जनताको सेवाका लागि उनी २४ घण्टै उपलब्ध रहन्छन। लक डाउन को समस्या कारण गाउँमा मोल बिऊ को समस्या रहे पछि मोल को समस्या समाधान गर्न नगरपालिका को पहलमा टोल टोलमा मोल पुगाई किसान लाई राहत, सामाजिक सुरक्षा भत्ता समेत नगरपालिका को सहयोग र सम्बन्धित बैंक को सहकार्य मा घर घरमा लगेर वितरण,पहिलोचरणको राहत वितरणमा ८२४ जना अति विपन्न र ज्यालादारी गरी गुजारो टार्दै आएकाहरुलाई रहत वितरण,टाढाबाट आउनेहरुलाइ स्तरीय क्वारेन्टाइन र सेवा सहित स्वास्थ्य चेकअपको राम्रो ब्यबस्थापनमा सकृय देखिन्छ उनी।
.

बिहान छिट्टो उठ्ने वडाध्यक्ष अधिकारी आफ्नो वडाको हरेक बस्ती बस्तिमा पुग्ने गर्दछ्न ।” म जनताको सेबक हु,जनताको दुखमा साथ दिन र सुखमा रमाउन जनप्रतिनिधि बनाउनु भो अब त्यही गर्दैछु वडाध्यक्ष अधिकारी भन्छन साथै उनले जनतालाइ नआत्तिन र समस्या परेमा तुरुन्त आफुलाइ भन्न अनुरोध समेत गरेका छन ।
भिरकोट नगरपालिका भित्रका वडाहरुमा दोस्रो चरणको राहत क्रमश ९ ओटै वाडमा प्रत्येक वाडका टोल संयोजक मार्फत वितरण गर्ने गरी २ जना घर परिवार भएको घरमा १० केजी चामल २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जनाका सम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप ९ वटा वाडका लक डाउन वाट परेका वास्तविक प्रभावित १४ सय घरपरिवालाई वितरण गर्ने कार्य शूरु भएको नगर प्रमुख छायाराम खनालले वताए ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…