अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ १८ गतेसम्म लम्ब्याएको छ।

लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेकै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध पनि विस्तार गरेको हो। यसअघि अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ २ गतेसम्मका लागि थियो।

सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। यसैगरि सिमा नाका बन्द पनि जेठ १८ गतेसम्म लम्ब्याइएको छ। नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।

नेपालमा हालसम्म कोरोना भाइरसका ८५ संक्रमित छन् जसमध्ये १६ जना निको भइसकेका छन्।

Facebook Comments Box
TOP